जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन


१७ भाद्र २०७९, शुक्रबार


जुम्ला । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।

केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउछन् । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ ।

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा रु तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस