१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धार्थ राजमार्गको सडक भासियो, डाइभर्सन गराउन कम्तीमा २० घण्टा लाग्ने

अ+ अ-

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका-५, हिउँदे खोला नजिक झन्डै ५० मिटर सडक भासिएको छ । भासिएको सडकमा डाइभर्सन गराउन कम्तीमा २० घण्टा लाग्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

तीन साता अघिदेखि राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिएको छ ।

यातायात पूर्ण रूपमा सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको सडक डिभिजन कार्यालयका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । उनका अनुसार भासिएको सडकमा डाइभर्सन गराउन केही समय लाग्नेछ । अपराह्न ४ बजेपछि यातायात सञ्चालन गर्न नसकिएको सडक डिभिजनले जनाएको छ ।

हिउँदे खोलाको माथिल्लो भागमा चुनढुङ्गा खानी सञ्चालनमा छ । पछिल्लो समयमा अत्यधिक भार बोकेका सवारी साधन सञ्चालन हुने गर्छ । यस क्षेत्रमा सात वर्षअघि पनि सडक भासिएको थियो । राजमार्गमा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिउँदे खोलामै रोकिएका छन् ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

प्रतिक्रिया दिनुहोस