मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ ।

सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ ।

मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए ।

सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट एउटा कम्पनीभन्दा धेरै सैनिक परिचालन गरिएको छ । मतपत्र छपाइस्थल सुरक्षामा ७ नम्बर बाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ ।

निर्वाचन अवधिमा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षाको तयारी पनि सेनाले गरिरहेको छ । त्यस्तै निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस