नेपालमा टिकटक बन्द गर्नुपर्ने माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालमा टिकटक बन्द गर्नुपर्ने माग


१६ भाद्र २०७९, बिहिबार


राजविराज । टिकटक एप बन्द गर्ने अभियानमा सप्तरीका युवाहरू जुटेका छन्।

समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा टिकटक एप बन्द गर्नका लागि आज प्रदर्शन गरेका छन् ।

टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए।

प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए।

नेपालमा टिकटकले सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस