६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु 


१५ भाद्र २०७९, बुधबार


काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले छतबाट हामफालेको हुनसक्ने बताइएको छ ।

विस्तृत अनुसन्धान थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस