आज सकिएन चोलेन्द्रशमशेर सँगको बयान, भोलि फेरि बोलाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज सकिएन चोलेन्द्रशमशेर सँगको बयान, भोलि फेरि बोलाइयो


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्को महाभियोग सिफारिस समितिले भोलि (बिहीबार) फेरि बयान लिने भएको छ।

बुधबार समितिमा उपस्थिति भएका राणासँगको बयान नसकिएपछि उनलाई बिहीबार बिहान ११ बजे फेरि बोलाइएको समिति स्रोतले जानकारी दिएको छ।

समिति सदस्य रहेका नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले आज ४ वटा मात्र प्रश्न सकिएको बताए।

समितिले राणालाई सोध्न ४३ प्रश्न तयार पारेको छ।

समितिको बैठकमा राणाले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थी समूहको गठजोड भएको बताएका छन्। बयान दिने क्रममा उनले महाभियोग प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको टिप्पणी गरेका हुन्।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा राणाले आफूमाथि लागेको महाभियोगबारे सफाइ दिइरहेका छन्। जवाफ दिने क्रममा उनले सांसदहरूलाई समेत प्रतिप्रश्न गरिरहेका छन्।

समितिमा रहेका नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले राणाले सीमा बाहिर गएर कतिपय जवाफ दिइराखेको बताएका छन्।

सांसदहरूले पनि राणाले उठाएका विषयमा प्रतिप्रश्न गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस