काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डिएसपीको नेतृत्वमा प्रहरी परिचालन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डिएसपीको नेतृत्वमा प्रहरी परिचालन


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ ।

विद्यार्थीहरूको बिचमा मङ्गलवारबाट सुरु भएको विवादमा झडप भएपछि डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौँबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बिचमा विवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बिचमा मङ्गलवार विवाद भएको थियो । स्थानीयले काठमाडौँबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारबाही नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस