नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध


१५ भाद्र २०७९, बुधबार


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए ।

निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस