२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले उपाध्यक्ष विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ ।

रुपन्देही-१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही-२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ ।

गुरुङ सिफारिस भएको क्षेत्र रुपन्देही-२ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव लड्दै आएका छन् ।

०७४ को निर्वाचनमा पनि पौडेल यो क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बन्दै पौडेलले ४४ हजार ३ सय मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । गिरी काँग्रेसका जिल्ला तहका नेता हुन् । तर यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने सम्भावना रहेको एक नेताहरुले बताउने गरेका छन् । 

एमाले विभाजन अगाडिसम्म विष्णु पौडेलको चुनावी कमाण्डर हुने गरेका थिए । त्यसैले पनि गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको ती नेता बताउँछन् ।

एमाले निकट युवा सङ्घका पूर्वउपाध्यक्ष गुरुङ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला अध्यक्ष थिए । तर एमाले विभाजनसँगै उनी एकीकृत समाजवादीतिर लागे ।

‘एक नम्बरबाट विजय पौडेलले चुनाव लड्ने मनसाय गर्नुभएको छ, तर उहाँको भन्दा राजु गुरुङको जनमत राम्रो छ’, ती नेता भन्छन् । त्यसैले अरू क्षेत्र काँग्रेसलाई छाडेर एकीकृत समाजवादीले २ लिन सक्ने नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस