कक्षा १२ को परीक्षाफल आज प्रकाशन नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को परीक्षाफल आज प्रकाशन नहुने


१४ भाद्र २०७९, मंगलबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने जनाएको छ । विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए ।

यद्यपि बोर्डले केही दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो ।

जेठ १६ देखि २४ गतेसम्म देशभर सञ्चालित कक्षा १२ को परीक्षा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ । लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार यसवर्षको नतिजा सार्वजनिक गर्ने तयारी छ ।

उक्त पद्धतिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेडसिटमा नन ग्रेडिङ एनजी उल्लेख हुन्छ । यसअघि पनि बोर्डले १।६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीलाई ग्रेडसिट मात्रै उपलब्ध गराउने गरेको थियो ।

यस्ता विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुने अवसर भने पाउनेछन् । यस वर्ष ४ लाख १० हजार ५० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । स्नातक तहमा नयाँ भर्ना खोल्न विश्वविद्यालयहरू कक्षा १२ को नजिताको प्रतीक्षामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस