१० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

 १० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरूको आयात प्रतिबन्ध अझै लम्बिने भएको छ । 

सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्ध थप कायम हुने भएको हो । 

यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरूको आयातमा एलसी प्रतिबन्ध लगाएकोमा थप प्रतिबन्ध लम्ब्याउँदै सरकारले भदौ १४ गते (आजसम्म) सारेको थियो । 

तत्कालका लागि प्रतिबन्धित आयात खुल्ला गर्ने स्थिति नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, कहिलेसम्म यस्तो प्रतिबन्ध जारी रहन्छ, सो भने मन्त्रालयले खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस