आज थप २५७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज थप २५७ जनामा कोरोना संक्रमण


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस