नयाँ नोट २६ भदौदेखि साट्न पाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नयाँ नोट २६ भदौदेखि साट्न पाइने


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।

सबै बैङ्क तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैङ्कमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । २० भदौपछि मात्रै कहाँ–कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि बैङ्क तथा वित्तीय संस्थामार्फत नै आवश्यकता अनुसार राष्ट्र बैङ्कको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए ।

प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस