रेखा थापाले मोरङ-३ बाट चुनाव लड्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रेखा थापाले मोरङ-३ बाट चुनाव लड्ने


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेकी छन् ।

अभिनेत्री समेत रहेकी थापाले उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको बताइन् । उनी मंगलबार बिहानैदेखि राप्रपा चुनावी सभामा सक्रिय छिन् ।

उनले यसअघि पनि समानुपातिकमा नलड्ने र प्रत्यक्ष चुनावमै लड्ने समेत बताएकी थिइन् । मोरङ-३ एमाले नेता भानुभक्त ढकाल र काँग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो ।

Tags :
प्रतिक्रिया दिनुहोस