‘तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् ’


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज-२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

तीजका अवसरमा आज शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेका छन् । हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उनको विश्वास छ । उपराष्ट्रपतिले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

चाड पर्वहरुले सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उनले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस