अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ।

आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ।

सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस