कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लाफाँटा-७ सिमलफाँटा बस्ने कालुराम जोशीकी २२ वर्षीया छोरी मिना जोशी रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

घर नजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस