उडिरहेको विमानको ककपिटमै मुक्कामुक्की गर्ने  दुई पाइलट निलम्बित  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उडिरहेको विमानको ककपिटमै मुक्कामुक्की गर्ने  दुई पाइलट निलम्बित 


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । विमानको ककपिटभित्रै मुक्कामुक्की गर्ने एयर फ्रान्सका दुईजना पाइलटलाई निलम्बन गरिएको छ । 

स्विस न्युज आउटलेट ला ट्रिब्युनकाअनुसार गत जुनमा स्विजरल्यान्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसतर्फ उडिरहेको एयरबस ए ३२० मा पाइलट र को-पाइलटबीच कुटाकुट भएको थियो । 

झगडा भएको आवाज सुनेपछि क्याविन क्रुले हस्तक्षेप गरी उनीहरूलाई छुट्याएका थिए । त्यसपछि सो विमान सुरक्षित ढङ्गले अवतरण नहुने बेलासम्म चालक दलका एक जना सदस्य ककपिटमै बसेका थिए । 

एयरलायनले सो घटनाको कारण उडान प्रभावित नभएको ला ट्रिब्युनलाई बताएको छ । 

फ्रान्सेज एयरको अनुसन्धान निकायले मंगलबार एउटा प्रतिवेदन सार्वजनिक गरेपछि बल्ल यो घटना बाहिर आएको हो । 

उक्त निकायले एयरलाइनको संस्कृतिको सुरक्षा प्रक्रियाहरूमा कडाइको अभाव रहेको जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस