करार चिकित्सकको भरमा धादिङ अस्पताल, पदपूर्ति शून्य « प्रशासन
Logo १७ आश्विन २०८०, बुधबार
   

करार चिकित्सकको भरमा धादिङ अस्पताल, पदपूर्ति शून्य


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ। तर, अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन। 

पदपूर्ति भएको एक जना आठौँ तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु पनि करिब दुई वर्षदेखि अध्ययन बिदामा छिन्। स्थायी चिकित्सक बिना नै अस्पताल चलिरहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए। 

ठूलो संख्यामा रिक्त रहेको स्थायी चिकित्सक दरबन्दी सुरुदेखि नै खाली छ। कहिले काहीँ आक्कल झुक्कल १÷२ जना चिकित्सकलाई पदपूर्ति गरिन्छ। 

स्थायी दरबन्दी अनुसार विशेष चिकित्सक ९ जना, मेडिकल अधिकृत ४ जना, डेन्टल सर्जन १ जना हुनुपर्ने सूचना अधिकारी विकले बताए। तर, करार तथा अन्य श्रोतबाट व्यवस्थापनगरी अस्पताल चलेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस