कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त आजै नियुक्त गरेका थिए।

यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्रीको लागि सांसद शाह र कामीलाई सिफारिस गरेको थियो।

अर्थमन्त्रीमा बनेका शाह जाजरकोटबाट समानुपातिक सांसद छन् भने कामी रुकुम पश्चिमबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस