केन्या र नेपालबीचको खेल जारी, आज पनि बलिङ गर्दै नेपाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केन्या र नेपालबीचको खेल जारी, आज पनि बलिङ गर्दै नेपाल


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । केन्या भ्रमणमा रहेको नेपालले आज चौथो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पहिले बलिङ गरीरहेको छ ।

नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले यसअघिको तीनै खेलमा पहिले बलिङ गरेको छ । पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले अगाडि छ ।

आइतबार सम्पन्न तेस्रो खेलमा चार विकेटको विजय हासिल गरेपछि नेपालले २-१ को अग्रता लिएको हो । नेपाल पहिलो खेलमा पनि पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

दोस्रो खेल हारेसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यसहित केन्या पुगेको नेपाली टोलीलाई धक्का लागेको छ ।

नेपाल र केन्याबीचको खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु भएको छ । घरेलु टोली केन्या आज शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । नेपाल भने एक खेलअगावै शृंखलामाथि पकड जमाउने लक्ष्यमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस