परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाल र अस्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरत राज पौड्याल र अस्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए ।

बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ । बैठकमा नेपाल र अस्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाको विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस