महिलाहरू देश चलाउन पनि सक्षम छन् : सांसद सङ्ग्रौला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महिलाहरू देश चलाउन पनि सक्षम छन् : सांसद सङ्ग्रौला


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम सोच्न नहुने बताएकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिला नेतृहरूलाई नेतृत्वले कम सोच्न नहुने बताएकी हुन्।

२१ औँ शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेका जिकिर गर्दै सङ्ग्रौलाले महिला घर चलाउन मात्रै नभएर देश चलाउन पनि सक्षम रहेकोमा जोड दिइन्।

सङ्ग्रौलाले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई प्रतिस्पर्धा गर्ने अवसर दिन पनि राजनीतिक दलका नेतृत्वहरूलाई आग्रह गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस