प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप : काँग्रेस र नेकपा एसले सरुवा गर्न खोजे « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप : काँग्रेस र नेकपा एसले सरुवा गर्न खोजे


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा विगत एक महिनादेखि आफ्नो सरुवाको लागि काँग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् ।

‘नेपाली काँग्रेस र नेकपा समाजवादीका साथीहरू विगत १ महिनादेखि लगातार मेरो सरुवा गर्न विभिन्न राजनीतिक शक्ति केन्द्रमा धाइरहनु भएको छ’, उनले लेखेका छन्, ‘तपाईँहरू थाक्नुभएकै हो भने म मार्ग प्रशस्त गर्न तयार छु है !’

घोडाघोडी नगरपालिकामा मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली काँग्रेसबाट निर्वाचित छन् । उनले दुइटै पार्टीलाई आफ्नो सरुवामा लागेको आरोप लगाएका हुन् ।

आचार्यको स्ट्याटसमा नगर प्रमुख खडक रावतले कमेन्ट पनि गरेका छन् । ‘समाजवादीको को सचिव रहेछ त ?’, उनले प्रश्न गरेका छन् ।

रावत नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव पनि हुन् । प्रमुख प्रशासकीय अधिकृत आचार्यले काँग्रेस र नेकपा एकीकृतबाट सरुवाको लागि जोड भइरहेको आरोप लगाउँदा नगर प्रमुखले आफू जिल्लाको सचिव रहेको सङ्केत दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस