सेयर बजारमा ३३.३६ अङ्कको पहिरो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सेयर बजारमा ३३.३६ अङ्कको पहिरो


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले ओरालो लागेको छ ।

शुक्रबार १६ अङ्कले घटेको नेप्से आज ३३.३६ अङ्कले ओरालो लागेको छ । नेप्से आज १.६५ प्रतिशतले घटेर १९८९.२९ बिन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ । 

आज सेन्सेटिभ इन्डेक्स पनि १।५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस