ओलीको निर्वाचन क्षेत्रबाट युग पाठक चुनाव लड्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

ओलीको निर्वाचन क्षेत्रबाट युग पाठक चुनाव लड्दै


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । लेखक युग पाठकले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न आकाङ्क्षा देखाएका छन् । पाठकले चुनाव लड्नका लागि निकटस्थहरूसँग छलफल तीव्र बनाएका छन् ।

उनले स्थानीय नेता युक्त भेटवालदेखि माओवादी केन्द्रबाट झापा क्षेत्र नम्बर ५ मा दाबी प्रस्तुत गर्दै आएका रञ्जित तामाङलगायतसँग निरन्तर छलफलमा छन् । पाठकले चुनाव लड्नेबारे निरन्तर छलफल भइरहेको र छिट्टै नयाँ वैचारिक प्रस्तावनासहित उम्मेदवारी घोषणा गर्ने पक्षमा आफू रहेको बताए ।

‘सरसल्लाह भइरहेको छ । तर यत्तिकै घोषणा भन्दा पनि आफ्नो विचारसहित भन्ने हो’, उनले भने, ‘चुनाव लड्न सजिलो काम होइन । सम्बन्धित पार्टीका नेतासँग पनि छलफल गर्नुपर्छ ।’ उनले चुनाव लड्नका लागि गठबन्धनको सहयोग खोजेका छन् । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

Tags :
प्रतिक्रिया दिनुहोस