काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटाहिटी-रत्नपार्कको अन्डर पास (सब-वे) माथि अवैध संरचना भत्काउन थालेको छ ।
भोटाहिटी र रत्नपार्क जोडिने अन्डर पासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैँ भत्काउन थालेको हो ।
पैदल यात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको हो । महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको हो ।
सब–वेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जनाएको छ । यो सब-वेमा पैदल यात्रु हिँड्न सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् । ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।