बिपी राजमार्गमा कम्पनीको नाममा अवैध शुल्क असुली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिपी राजमार्गमा कम्पनीको नाममा अवैध शुल्क असुली


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । बिपी राजमार्गमा एक कम्पनीको नाममा सडकबाट अवैध रुपमा शुल्कको असुली सुरु भएको छ ।

‘स्वतन्त्र नेपाल मजदुर चालक यातयात प्रालि’को नाममा बिपी राजमार्गमा चल्ने बस र सवारीहरुबाट प्रतिसवारी १५० रुपैयाँ’ करबापतको दैनिक सहयोग शुल्क’ असुल्न थालिएको हो ।

चालक र सहचालकलाई स्वतन्त्र नेपाल मजदुर चालक यातयात प्रालिमा आवद्ध भएर नीति नियम पालन गर्न कम्पनीले अनुरोध गर्दै विज्ञप्ति नै जारी गरेको छ । सो कम्पनीको नाममा रोसी खोला पुल छेउमा बसेर रकम असुल्न थालेको हो ।

सूचनामा भनिएको छ, ‘हाम्रा चालक र सहचालकको अवश्यकता परिपूर्ति तथा हामी युवा वर्गमध्ये एकजुट भई भवितव्य दुर्घटनामा परेको खण्डमा, मृत्यु भएको अवस्थामा नेपाल सरकारबाट तोकिएको बमोजिम हाम्रो यस स्वतन्त्र नेपाल मजदुर चालक यातायात प्रालिद्वारा ४० प्रतिशतले आर्थिक सहयोग गरिने छ।’

सूचनामा दुर्घटनामा परेर घाइते भएका चालक र सहचालकलाई पनि अस्पतालको खर्चको १५ प्रतिशतले सहयोग गरिने उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘चालक या सहचालक अस्पतालमा बस्नु परेको खण्डमा भत्ताको व्यवस्थापन पनि गरिने छ ।’

बिपी राजमार्ग हुँदै आवतजावत हुने यात्रुवाहक सवारीका चालक र सहचालकको लाइसेन्स नवीकरण कम्पनीले नै गर्ने भन्दै अवैध रकम ‘कर’का रुपमा असुल्न थालिएको हो ।

कम्पनीमा आवद्ध भएपछि परिचय पत्र वितरण गरिने भन्दै चालकको लाइसेन्सको फोटोकपी तथा सहचालकको नागरिकताको फोटोकपी साथै एक–एक प्रति फोटो उपलब्ध गराउन पनि सूचित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस