मुख्यमन्त्री राईलाई सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एस गर्‍यो सिफारिस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री राईलाई सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एस गर्‍यो सिफारिस


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।

जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

जसअनुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस