त्रिशूलीमा खस्यो खाने तेल बोकेको ट्रक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिशूलीमा खस्यो खाने तेल बोकेको ट्रक


१२ भाद्र २०७९, आइतबार


धादिङ । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नं.को ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा दुर्घटना भएको छ ।

सडकबाट करिब २०० तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

‘प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकियो’, रिमालले भने, ‘मानवीय क्षति हुनबाट जोगियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस