गहुँ र चिनीको प्रतिबन्ध हटाउने कुरा भइरहेको छ : राजदूत श्रीवास्तव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गहुँ र चिनीको प्रतिबन्ध हटाउने कुरा भइरहेको छ : राजदूत श्रीवास्तव


११ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने विषयमा केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन् ।

शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको बताएका हुन् ।

‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छस उनले भने, ‘हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’

धरानमा भारतबाट सामान ल्याउनका लागि मीरगन्जको पुल नबन्दा समस्या भइरहेको भन्दै उनले पुल निर्माणकार्य वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै सम्पन्न हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस