युक्रेन नेटोमा सहभागी नभए पनि रुसी हमला रोकिन्न : मस्को « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युक्रेन नेटोमा सहभागी नभए पनि रुसी हमला रोकिन्न : मस्को


११ भाद्र २०७९, शनिबार


काठमाडौँ । मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए ।

रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए ।

फेब्रुअरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने ।

रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको बताएका छन् । किभ र पश्चिमाहरूले यसलाई युद्धको लागि आधारहीन बहाना भनेका छन् । युक्रेनमाथि रुसी हमला गर्नुअघि मस्कोले किभलाई​नेटोको सदस्यता लिने प्रक्रिया रोक्न चेतावनी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस