डोनाल्ड ट्रम्पलाई ५ वर्षको जेल सजाय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डोनाल्ड ट्रम्पलाई ५ वर्षको जेल सजाय


११ भाद्र २०७९, शनिबार


काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्ताबेजहरू राखेको पाइएको बताएको हो।

यसले अमेरिकी गोपनीयता सम्बन्धी कानुन उल्लङ्घन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्ताबेजहरू राखिएको पाइएको छ। जसमध्ये २५ दस्ताबेज निकै महत्त्वपूर्ण र अति गोप्य छन्।

यी दस्ताबेजहरूलाई पुराना अखबार तथा म्यागेजिनमा लुकाएर राखेको पाइएको छ। यसअघि ट्रम्पको फ्लोरिडामा रहेको घरमा पनि प्रहरीले छापा मारेको थियो।

ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन्। यसरी दस्ताबेज घरमा राख्नु संघीय कानुनको उल्लङ्घन भएको र यो माफी योग्य घटना नभएको जानकारहरूको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस