२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिटमा अदालतले दिएन अन्तरिम आदेश

अ+ अ-

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न नपर्ने उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले आदेश दिएको छ ।

गाउँपालिकाले गत १ साउनदेखि लागू हुने गरी करार प्रकृतिका शिक्षक, शिक्षिका एवं कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेपछि करार पदमा कार्यरत कर्मचारीले अन्तरिम आदेशका लागि अदालतमा रिट निवेदन दिएका थिए ।

करार अवधि थपका लागि अन्तरिम आदेश जारीको मागसहित रिट निवेदन दिइएको भए पनि उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले बिहीबार सो सन्दर्भमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश सुनाएको हो । ‘रिट निवेदकहरू कार्यरत पदको प्रकृति स्थायी दरबन्दीको नभई करार प्रकृतिको देखिएको र गाउँपालिकाले १ साउनदेखि त्यस्ता करार प्रकृतिका शिक्षक, शिक्षिका एवं कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको देखिँदा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेश बाहेकका अन्य मागका सम्बन्धमा पछि फैसला गर्दा ठहरे बमोजिम हुने हुँदा हाल रिट निवेदकहरूले निवेदन माग बमोजिम आन्तरिक आदेश जारी गरिरहन परेन,’ आदेशमा भनिएको छ ।

अन्तरिम आदेशको निष्कर्षमा पुग्नुअघि अदालतले दुवै पक्षलाई ३० साउनमा छलफलमा बोलाएको थियो । अदालतको सो आदेशले करारका कर्मचारीको म्याद थप गर्नु नपर्ने र करारका नयाँ कर्मचारी नियुक्तिका लागि बाटो खुलेको गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले प्रतिक्रिया दिए ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएको जन्तेढुंगामा गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीलाई गठबन्धनले हटाएको विरोधमा एमालेले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलब भुक्तानी हुने गरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पूर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वाल विकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस