समानुपातिक निर्वाचनतर्फ पहिलो दिन २९ दलको मनोनयन दर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समानुपातिक निर्वाचनतर्फ पहिलो दिन २९ दलको मनोनयन दर्ता


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएका हुन् ।  हो ।

यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेस प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदूरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । भोलि शनिवार र आइतबार २ दिनसम्म समानुपातिकतर्फ राजनीतिक दलको मनोनयन दर्ताको क्रम जारी रहनेछ । 

आज (शुक्रबार) भएको समानुपातिकतर्फको दलको मनोनयन दर्ताका क्रममा १ नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । आजै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत अन्य केही साना राजनीतिक दलहरूको पनि मनोनयन दर्ता भएको छ । 

आयोगका उपसचिव एवं सह प्रवक्ता अर्यालका अनुसार समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवारको रूपमा मनोनयन हुने व्यवस्था बमोजिम निर्वाचन अधिकृतको कार्यालयमा २९ दलले मनोनयन दर्ता गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीका लागि यसरी मनोनयन दर्ता भएका राजनीतिक दलहरूले  असोज २ र ३  गते बन्द सूची पेश गर्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस