हतियारसहित आएको लुटेरा समूहद्वारा आइएमई लुटपाट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हतियारसहित आएको लुटेरा समूहद्वारा आइएमई लुटपाट


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सर्लाहीको गोडैतामा हतियारसहित आएको लुटेर समूहले आइएमईको एजेन्ट कार्यालयमा लुटपाट गरेको छ। लुटेरा समूहले हतियार देखाएर शुक्रबार गोडैटा-८ स्थित बजारमा रहेको आइएमई लुटपाट गरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरी चौकी करिब दुई सय मिटरको दूरीमा छ।

प्रत्यक्षदर्शीका अनुसार दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारी लुटपाट गरेर फरार भएका छन्। लुटेरा समूहले एक थान कम्प्युटरसहित नगद आठ लाख ५० हजार रुपैयाँ लुटेको आइएमई सञ्चालक शुभनारायण पण्डितले बताए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस