आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको  छ ।

जसअनुसार (५ हजारभन्दा बढी जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य  सेवा केन्द्र क), २ हजार देखि ५ हजारसम्म सङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख) र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग) तहमा वर्गीकरण गरेको छ ।

यस्तै, क बर्गको स्वास्थ्य संस्थामा १०, ख बर्गको ८ र ग वर्गमा ६ जनाको दरबन्दी प्रस्ताव गरिएको  छ । यद्यपि मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संशोधन गर्नुपर्ने भएमा सुझाव दिन सरोकारवालालाई आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस