यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ ।

काठमाडौँ उपत्यकामा आज बिहानैबाट पानी परिरहेको छ । काठमाडौँको मौसम आज दिनभर बदली हुने भएको छ ।

आज बिहान सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस