ट्राफिक प्रहरीलाई रुपैयाँ दिन खोज्ने चालकविरुद्ध अभद्र व्यवहारको मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्राफिक प्रहरीलाई रुपैयाँ दिन खोज्ने चालकविरुद्ध अभद्र व्यवहारको मुद्दा


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना चालकलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको छ ।

बा ८५ प ८९६७ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौँको कलङ्की बस्ने ३६ वर्षीय केशव भुसालविरुद्ध मुद्दा चलाइएको  हो ।

मंगलबार साँझ ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाइएपछि कारबाही गर्न खोज्दा भुसालले ट्राफिक प्रहरीलाई नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

साथै ट्राफिक प्रहरीले नगद लिन इन्कार गर्दा गालीगलौज गर्नुका साथै विवाद गरी अभद्र व्यवहार गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दा पाँच दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस