आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका नेताहरूलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । साथै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताएका हुन् । 

उनले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् । उनले निर्वाचन आयोगको तथ्याङ्क पनि गलत रहेको बताए । उनले स्थानीय निर्वाचनमा सबै ठाउँमा उम्मेदवार उठाएको भए १५ देखि २० लाख भोट पाउने र त्यति भोट पाउँदा अबको चुनावमा १५ देखि २० सिट कसैले रोक्न नसक्ने बताए ।

आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाउन सक्ने भन्दै उनले मूकदर्शक भएर बस्ने आफ्नो पार्टी नभएको भन्दै ख्याल गर्न चेतावनी दिए । 

उनले निराश हुनुपर्ने अवस्था नहरेको भन्दै पाल्पा, पोखरा, रौतहट लगायतका जिल्लामा पार्टी प्रवेशको आकर्षण बढ्दै गएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस