लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याउने भएको छ ।

एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेसनमै राखिएको छ ।

लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडी पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो ।

ती, साधनहरू सञ्चालन गर्नका लागि चार्जिङ स्टेशन समेत तयार भइसके पनि सञ्चालनका लागि कार्यविधि नभएकोले अगाडि बढ्न सकेको थिएन ।

गत २१ जेठमा बनाइएको कार्यदलले गाडी सञ्चालन सम्बन्धी कार्यविधि बनाउने र अवस्थालगायतका बारे प्रतिवेदन बनाउने प्रक्रियामा गएपछि सञ्चालनको आश जागेको छ ।

विभिन्न बहानामा लुम्बिनीमा थन्काएर राखिएका १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी कार्यदलले गरेको छ । विद्युतीय गाडीहरू कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडी बढाइएको छ । नम्बर प्लेटको विषयमा टुंगो लागेको छैन, सेतो नम्बर प्लेटमा सवारीसाधन त भयो अब हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेटमा राख्ने विषयमा गृहकार्य भइरहेको छ ।

सवारी साधनहरुको अवस्था बुझ्दा पाँचवटा भ्यान र पाँचवटा बस सञ्चालन योग्य छ भने नौवटा भ्यानको ब्याट्रीमा समस्या देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस