बैङ्क अफ काठमाण्डू र किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्टबिच छुट उपलब्ध गराउने सम्झौता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बैङ्क अफ काठमाण्डू र किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्टबिच छुट उपलब्ध गराउने सम्झौता


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । बैङ्क अफ काठमाण्डू र किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैङ्कका ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतापश्चात् ग्राहकहरूले किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्ट अनामनगरमा उपलब्ध हुने सेवाहरूमा एकमुस्ट ८ प्रतिशत छुट पाउने बैङ्कले जनाएको छ। उक्त छुटको उपयोग गर्न ग्राहक महानुभावहरूले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस