पूर्व प्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्व प्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुने भएका छन्।

यसभन्दा पहिला २२ अगस्टमा धम्काएको आरोपमा अदालतले तीन दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेको थियो। इमरान खानमाथि पछिल्लो दिनमा एक र्‍यालीका दौरान प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप छ।

उनले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको भन्दै इस्लामावादको प्रहरी प्रमुख र एक महिला न्यायाधीशको निन्दा गरेका थिए।

पूर्वप्रधानमन्त्री खानले आफ्नो भाषणमा शीर्ष प्रहरी अधिकारी, एक महिला न्यायाधीश, चुनाव आयोग र उनका राजनीतिक विरोधीहरूविरुद्ध आफ्ना सहयोगी शहबाज गिलको साथ दुर्व्यवहार गरेको आरोपमा उजुरी दिने धम्की दिएका छन्।

पाकिस्तानमा आतंकवादको आरोपमा कडा कारबाही गरिँदै आइएको छ । यदि यस मामिलामा इमरान खान दोषी पाइए उनीमाथि केही सालको जेल सजाय हुनसक्छ। इमरान खान अदालत पुग्दा उनका हजारौँ समर्थक पनि त्यहाँ पुग्न सक्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस