सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने सरकारको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने सरकारको तयारी


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । साथै मूल्यवृद्धि रोक्न पनि केही हदसम्म सहयोग पुग्ने सरकारी पक्षको विश्वास छ ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् ।

सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, घिउ, पनिर, फापरसहितका खाद्यान्न बिक्री गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस