कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । कालिकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ । 

दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । 

जिल्लामा गत आर्थिक वर्ष दैलेखको दुल्लु हुँदै कालिकोट विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा बैङ्किङ सेवा र सरकारी कार्यालयमा समस्या सेवा लिन आउने सेवाग्राही पनि मर्कामा परेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस