राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारी


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरूलाई शितलनिवास बोलाएर भेट गरेकी छन् ।

बुधबार शितलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरूलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के-के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, भण्डारीले सुरक्षाकर्मीहरूलाई ‘धन्यवाद दिएको’ बताइएको छ।

भेटमा शितलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरू पनि सहभागी थिए । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सुरक्षामा टोली खटाउने गर्छ ।

राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छिन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई बोलाएर भेटघाट गरिरहेकी छिन् । संविधानविद्हरूसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन् ।

वैवाहिक अङ्गीकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक भण्डारीले संसदमा फिर्ता पठाइदिएकी थिइन् । तर प्रतिनिधिसभाबाट फेरि सोही विधेयक हुबहु पारित भइसकेको छ भने राष्ट्रियसभामा पेस हुने क्रममा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस