नेकपा एसले भोलि पार्टी पुनर्गठन दिवस मनाउँदै, पाँच लाख सदस्यता वितरण गरिसकेको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एसले भोलि पार्टी पुनर्गठन दिवस मनाउँदै, पाँच लाख सदस्यता वितरण गरिसकेको दाबी


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए ।

उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए ।

उहाँले पार्टीले हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको पनि दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस