पल शाहको नवलपुर अदालतको पेशी स्थगित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पल शाहको नवलपुर अदालतको पेशी स्थगित


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दाको पेसी स्थगित भएको छ। आरोपित शाह जिल्ला अदालत नवलपुरमा उपस्थित नभएपछि उनका कानुन व्यवसायी टङ्क बस्यालको अनुरोधमा बुधबारको पेशी स्थगित भएको हो।

बुधबार पलको पेशी नवलपुर जिल्ला अदालतको १ नम्बर इजालशमा तोकिएको थियो। अर्को पेशी पछि तोकिने जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। 

बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेशी तनहुँमा भने भदौ १५ गतेलाई तोकिएको छ। शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ।

गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसको चार दिन पछि शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

आरोपित शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर, उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस