६ सहसचिवको सरुवा सूचीसहित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६ सहसचिवको सरुवा सूचीसहित


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अशोक कुमार साहलाई सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालय प्रदेश १ मा सरुवा गरेको छ ।

सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालय प्रदेश १ का प्रदेश सचिव मोहनराज चापागाईँलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विकाश आयोजना कार्यालय मधेस प्रदेशका कृष्ण कुमार मिश्रलाई सोही प्रदेशको भौतिक पूर्वाधार विकाश मन्त्रालय, प्रदेशको भौतिक पूर्वाधार विकाश मन्त्रालय मधेस प्रदेशका मुख्य सचिव दीपक कुमार दासलाई राष्ट्रिय सतर्कता केन्द्र सिंहदरवार सरुवा गरिएको छ ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबारका कृष्ण बहादुर बोहरालाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश मुख्य सचिव र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव ज्ञानेन्द्र पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरवार सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस