राष्ट्रपति भण्डारीले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छन् ।

यस क्रममा छलफल गर्न राष्ट्रपतिले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोतले बतायो ।

प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो। त्यसको भोलिपल्टदेखि राष्ट्रपतिले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस